साढे १२ लाख नगदसहित जुवाखालबाट १५ जना पक्राउ
प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीका अनुसार जुवातास खेलिरहेका अवस्थामा नगद १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरिएको हाे।
पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरीसहित २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र ५० वर्षीय रामु भण्डारी छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलका केही युवानेता र पत्रकारसमेत छन्।
मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको सूचना अधिकारी गिरीले जानकारी दिए।
कात्तिक २१, २०७८ आइतबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।