माैसम अपडेट: प्रदेश १ र गण्डकीका एक-दुई स्थानमा वर्षाकाे सम्भावना

माैसम अपडेट: प्रदेश १ र गण्डकीका एक-दुई स्थानमा वर्षाकाे सम्भावना

काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले प्रदेश १ र गण्डकीका एक-दुई स्थानमा वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएकाले वर्षाकाे सम्भावना रहेकाे हाे।

बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसाे प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। 

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति पनि यही माैसम प्रणाली रहनेछ।

कात्तिक २१, २०७८ आइतबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।