श्रीमान्ले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु

श्रीमान्ले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु

दाङः जिल्लाकाे गढवा गाउँपालिका-६ बालापुरमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेका हुन्।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको हाे। मृतक राेका थापाकी कान्छी श्रीमती हुन्।

हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ।

कात्तिक २१, २०७८ आइतबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।