सामूहिक भाइटिकामा रमाए बाल गृहका बालबालिका

सामूहिक भाइटिकामा रमाए बाल गृहका बालबालिका

म्याग्दी : म्याग्दीको बेनीमा रहेको बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटिका लगाएका छन्।

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटिका मनाएका हुन्। अस्ट्रेलियामा रहेका म्याग्दीका छोरी बुहारीले स्थापना गरेको ‘उई केयर एन्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटिका कार्यक्रमको आयोजना गरेको थियो।

बालगृहका बालबालिकालाई तिहार निरस नबनोस् भनेर सामूहिक भाइटिका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एन्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताएका छन्।

म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन्। अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ। 

कात्तिक २०, २०७८ शनिबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।