राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटिका
काठमाडौँ : भाइटिकाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन्।
शनिवार बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा राष्ट्रपति कार्यालय शीतल निवासमा भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिएकी हुन्।
उनले दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएकी थिइन्। उनले नेपाली ढाका टोपी लगाएर भाइलाई उपहार दिइन्। भाइ पाण्डेले दक्षिणा दिएर दिदीबाट आशीर्वाद लिए।
राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाएर दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिएकी थिइन्।
कात्तिक २०, २०७८ शनिबार १४:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।