आज टीकाकाे उत्तम साइत ११ बजेर २ मिनेटमा
काठमाडाैंः आज तिहारकाे अन्तिम दिन भाइटीका हाे। आज टीकाकाे सबैभन्दा उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज दिनभर टीका लगाउन मिल्ने भए पनि सबैभन्दा उत्तम साइत ११:०२ काे हाे। यद्यपि, राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ।
भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नु पर्ने शास्त्रीय नियम छ।
कात्तिक २०, २०७८ शनिबार ०९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।