कोरोना अपडेट : २ सय सङ्क्रमित आइसियुमा, ५५ भेन्टिलेटरमा

कोरोना अपडेट : २ सय सङ्क्रमित आइसियुमा, ५५ भेन्टिलेटरमा

काठमाडौँ : पछिल्लो २४ घण्टामा १ सय ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७४ जना तथा २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १ सय ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ। ६ सय ४९ जना सङ्क्रमणमुक्त भएका छन्।

मङ्गलवार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख ४ हजार ८०४ पुगेको छ। नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ। यसै गरी ७ लाख ९४ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ४१३ जना रहेका छन्। ७ हजार ७६३ जना होम आइसोलेसनमा छन्। ६ सय ५० जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये २ सय जना आइसियु र ५५ जना भेन्टिलेटरमा छन्।

कात्तिक १९, २०७८ शुक्रबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।