योगेशलाई अनेरास्वियुको जवाफ : नवप्रतिगामीको खरानी कति घस्ने ?
काठमाडौँ : एकीकृत समाजवादी अवैध भएको एमाले नेता योगेश भट्टराईको अभिव्यक्ति बा’प्रवृत्तिलाई खुसी बनाउँदै नवप्रतिगामीको खरानी घस्ने काम भएको अनेरास्ववियुले टिप्पणी गरेको छ।
शुक्रवार विज्ञप्ति मार्फत एकीकृत समाजवादी निकट अनेरास्ववियुले भट्टराईले सबैले लडेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाई समेत बिर्सेर दिएको विचारले उनको आफ्नै राजनीतिक कद घटाइरहेको बताएको छ।
सङ्गठनका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्तिमार्फत जोरी नखोज्न चेतावनी पनि दिएको छ। विज्ञप्तिमा हिजो आफैँले ओली प्रतिगमनविरुद्ध देशभर घन्काएको नारा सम्झाउँदै प्रश्न सोधेका छन् ‘कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको?
विज्ञप्तिमा कसको ठेगाना कहाँ हो? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाइदिने उल्लेख छ।
भट्टराईले एमालेको १०औँ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने बताउँदै समाजवादी अवैध सम्बन्धबाट जन्मिएको सन्तानजस्तै भएको टिप्पणी गरेका थिए।
कात्तिक १९, २०७८ शुक्रबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।