प्रकाशमानलाई मिश्रको जवाफ : ३० वर्षमा काम नगर्ने, दोष हामीलाई ?

प्रकाशमानलाई मिश्रको जवाफ : ३० वर्षमा काम नगर्ने, दोष हामीलाई ?

काठमाडौँ : राजनीति नबुझेकाले नयाँ नारा दिने तर काम नगर्ने भन्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गरेको कटाक्षको जवाफमा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पुराना दलका नेताले काम नगरेकाले राजनीतिमा आउनु परेको बताएका छन्।

ट्विट गर्दै उनले भने ' तपाईँहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन।'

उनले ३० वर्षमा केही गर्न नसकेको भन्दै प्रश्न गरे' देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायालय, समाज सबै बिगार्ने तपाईँहरू, अनि दोष लगाउने हामीलाई?'

विवेकशील साझाका ३ जना सांसदले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको दाबी गर्दै उनले । अन्यत्र काम गरेर देखाउन अहिलेसम्म जन अनुमोदन प्राप्त नभएको र जन अनुमोदन प्राप्त भए पछि पनि काम गर्न सकेनौँ भने अनि नारा मात्र दिएर हुँदैन भनेर भन्न आग्रह गरेका छन्।

उनको ट्विट :
अनि भन्नुहोला:
तपाईँहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन। ३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायालय, समाज सबै बिगार्ने तपाईँहरू, अनि दोष लगाउने हामीलाई?
हाम्रा ३ जना सांसदले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको छ। अन्यत्र काम गरेर देखाउन हामीलाई अहिलेसम्म जन अनुमोदन प्राप्त भएको छैन। जन अनुमोदन प्राप्त भए पछि पनि काम गर्न सकेनौँ भने अनि भन्नुहोला: नारा मात्र दिएर हुँदैन! 

कात्तिक १९, २०७८ शुक्रबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।