काठमाडौँको कौडा खालमा समातिए दोलखा काँग्रेस सभापति

काठमाडौँको कौडा खालमा समातिए दोलखा काँग्रेस सभापति

काठमाडौँ : नेपाली कांंग्रेस दोलखाका सभापति बर्मा लामा नयाँ बस्तीको कौडा खालबाट पक्राउ परेका छन्।

बिहीबार राति काठमाडौँको जोरपाटी नयाँ बस्तीमा कौडा खेलिरहेको घरमा प्रहरीले छापा मार्दा लामा सहित १८ जना पक्राउ परेका थिए। 

लामा हालै सम्पन्न जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

खालबाट प्रहरीले ६ लाख रुपैयाँ समेत बरामद गरेको छ। जुवा खेलाउने सागर लामा भने फरार भएको प्रहरी दाबी छ।

कात्तिक १९, २०७८ शुक्रबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।