पार्टी अधिवेशनले दुस्मनी नबढाओस् : प्रधानमन्त्री देउवा

पार्टी अधिवेशनले दुस्मनी नबढाओस् : प्रधानमन्त्री देउवा

भक्तपुर : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको अधिवेशनले आन्तरिक दुस्मनी नबढाउन आग्रह गरेका छन्।

शुक्रवार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन समयमै हुने बताए।

उनले अब पार्टीको महाधिवेशन सभापतिको  हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने दाबी गरेका थिए।

देउवाले सकेसम्म नेतृत्व सर्वसम्मत चयन गर्न सुझाइदिँदै नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न सुझाव दिएका थिए।

‘अब पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्,' उनले भने।

प्रतिस्पर्धामा हार जित हुनु स्वाभाविक रहेको बताउँदै उनले  जित हारमा दुस्मनी नबढाउन आग्रह गरेका थिए।

उनले भने 'जसले जे भने पनि  नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन,अधिवेशनको तयारीमा लाग्नुहोला ।’

कात्तिक १९, २०७८ शुक्रबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।