अघिल्लाे सरकारले ल्याएकाे बजेट कागजी घाेडा जस्ताे: गृहमन्त्री खाँण

अघिल्लाे सरकारले ल्याएकाे बजेट कागजी घाेडा जस्ताे:  गृहमन्त्री खाँण

बुटवलः नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले अघिल्लो सरकारले ल्याएको बजेट कागजी घोडा जस्तो भएको बताएका छन्। शुक्रबार तिलोत्तमास्थित गौशालामा आयोजित गोबर्धन पूजामा बोल्दै उनले यस्ताे बताएका हुन्।

उनले कोभिडले राजश्व उठ्न नसकेकाले आम्दानी घटे पनि अघिल्लो सरकारले कागजी बजेट ल्याएको पनि बताएका छन्। उनले उक्त बजेटलाई घाँस नखाने र भारी नबोक्ने 'कागजी घोडा'को संज्ञा दिएका हुन्।

‘साथीहरूले बजेट बनाउँदा कागजी बजेट बनाउनु भयो। त्यो कागजी बजेटलाई सम्मान गर्छाैं। अहिलेको बजेट यथार्थको बजेट हो’, उनले भने।

उनले यसै कारण अघिल्लो सरकारले ल्याएको बजेट पास गर्न आग्रह गर्दा पनि तयार नभएको बताए। उनले कागजी बजेटमा समेटिएका केही योजना कटौती भएको समेत बताए।

‘आम्दानी छैन्, खर्च बढी छ। त्यसैले यथार्थ बजेट ल्याएका छौं। यथार्थ बजेट ल्याउँदा केही योजना कटौती पक्कै भएका छन्’, उनले भने।

कात्तिक १९, २०७८ शुक्रबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।