सिरियामा नेपाली सेनाको टोली बदलियो
काठमाडौँ : शान्ति स्थापनार्थ सिरियामा खटिएका नेपाली सेनाको टोली बदलिएको छ।
सेनानी सुनिल थापाको कमान्डमा १ सय ६२ जनाको टोली शुक्रवार बिहान सिरिया गएको छ। अहिले गएको टोली सिरियामा तैनाथ फोर्स हेड क्वाटर सपोर्ट युनिट दसौँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौँ डफ्फा,लेबल अस्पतालमा खटिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
कोरोना महामारी भए पनि संयुक्त राष्ट्र सङ्घले शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप नेपाली सेनाले सुरक्षा सतर्कता र कोभिड १९ को प्रोटोकल पालना गरी सैनिक टोली खटाइएको नेपाली सेनाले जनाएको छ।
कात्तिक १९, २०७८ शुक्रबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।