आज नेपाल संवत्, गाेवर्धन पूजा र म्ह पूजा
काठमाडाैंः तिहारकाे चाैथाे दिन आज घरघरमा गाेवर्धन पूजा मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन पर्ने गाेवर्धन पूजाका दिन गोरुकाे पूजा गर्ने चलन रहेकाे छ।
यस दिनलाई हल तिहार वा गाेरू तिहार पनि भनिन्छ। वर्षभरि कृषि कर्ममा मानिसलाई साथ दिने तथा महादेवकाे वाहनकाे रूपमा पनि गाेरुलाई पुज्ने गरिएकाे हाे।
यस्तै आजै नेवार समुदायले म्ह पूजा पनि मनाउँदै छन्। हिन्दू तथा बौद्ध नेवार समुदायले आफैंले आफैंलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ।
यता आजै नेवार समुदायले नयाँ वर्ष पनि मनाउँदै छन्। आजबाट नेपाल संवत् ११४२ लागेकाे छ। नेपालकाे माैलिक संवत्काे रूपमा पनि नेपाल संवत्लाई लिइने गरिन्छ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ मा नेपाल संवत्काे सुरुआत गरेका थिए।
कात्तिक १९, २०७८ शुक्रबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।