सुर्खेतमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतः मिनीट्रक दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ। बिहीबार बेलुकी ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको  बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे।

दुर्घटनापछि एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। १० जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन्।

राति घटना भएकाे हुँदा अनुसन्धानमा कठिनाई भएकाे प्रहरीकाे भनाइ छ।

कात्तिक १९, २०७८ शुक्रबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।