कोरोना विरुद्धको चक्की प्रयोगमा बेलायतको अनुमति

कोरोना विरुद्धको चक्की प्रयोगमा बेलायतको अनुमति

एजेन्सी : बेलायतले कोरोना विरुद्ध बनेको खाने औषधी मोल्नुपिराभिरलाई स-सर्त प्रयोगको अनुमती दिएको छ।

बेलायतले जर्मन कम्पनी मर्क फार्माले बनाएको कोरोना विरुद्धको खाने चक्कीको प्रयोग गर्न अनुमति दिएको हो। अहिले कोरोना विरुद्ध खोपको मात्र प्रयोग भइरहेको छ।

केही दिन अगाडि मर्कले आफूले बनाएको कोरोना विरोधी चक्की औषधी अन्य कम्पनिलाई समेत उत्पादनको अनुमति दिने बताएको थियो।

यसले कम आए भएका देशले फाइदा पाउनेछ जसले कोरोना विरुद्धको खोप किन्न सकेका छैनन्।

जर्मनसहित अन्य देशमा मर्कको परीक्षण भइरहेको छ।सो परीक्षणमा चक्की प्रभावकारी देखिएको दाबी आइरहेका छन्।परीक्षणको नतिजाकै आधारमा बेलायत सरकारले स-सर्त प्रयोगको अनुमति दिएको बताइएको छ।

प्रयोगको अनुमति पाए पनि यो कहिलेबाट प्रयोगमा आउँछ भन्ने भने खुलेको छैन। 

कात्तिक १८, २०७८ बिहीबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।