कोरोना अपडेट : ३ सय ५६ सङ्क्रमित, २ जनाको मृत्यु
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३ सय ५६ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ वटा नमुनाको परीक्षण गर्दा ३ सय ५६ मा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ।बुधवारको मृत्युसँगै नेपालमा कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३६ पुगेको छ।
२४ घण्टाको अवधिमा ५ सय १८ जना सङ्क्रमणमुक्त भएका छन्। हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८ सय ९० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कात्तिक १८, २०७८ बिहीबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।