साझामा पाण्डे समूहलाई झड्का, मिश्र समूहको बैठक र निर्णयलाई आयोगले स्विकार्‍यो

साझामा पाण्डे समूहलाई झड्का, मिश्र समूहको बैठक र निर्णयलाई आयोगले स्विकार्‍यो

काठमाडौँ : आफ्नो समूहमा केन्द्रीय समितिको बहुमत रहेको र जुम मिटिङ अवैध भएको दाबी गर्दै आएको विवेकशील साझा पार्टीको संयोजक मिलन पाण्डे समूहलाई निर्वाचन आयोगले झड्का दिएको छ।

रवीन्द्र मिश्र समूहको बैठकलाई मान्यता दिँदै आयोगले बैठकले गरेको विधान संशोधन लगायतका निर्णयलाई मान्यता दियो। मिश्र समूहले बैठकमार्फत उनको राजनीतिक प्रस्ताव पास गर्ने सहितको निर्णय गरेपछि पाण्डे समूहले आयोगमा भेट्न चुनौती दिएका थिए। आयोगले बैठकको निर्णय अद्यावधिक गरेकाले बहुमत मिश्र तिरै रहेको पुष्टि समेत भएको छ

मिश्र समूहको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेर संयोजक पाण्डेले बैठक बोलाउन पाउने अधिकार खोसेको थियो। आयोगको मान्यतासँगै अब पार्टी अध्यक्ष मिश्रले मात्र  पार्टीको बैठक राख्न पाउने छन्। यसै गरी बैठकले  १ सय २४ सदस्यीय केन्द्रीय समिति कायम गरेको थियो।

बैठकले सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहबारे मिश्रले राखेको प्रस्ताव पारित गरेकाले अब साझाको राजनीतिक लाइन समेत यही भएको छ। 

कात्तिक १८, २०७८ बिहीबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।