पोखरेलले भने : प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीशको राजीनामा

पोखरेलले भने : प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीशको राजीनामा

दागं :  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्।

दागंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको टिप्पणी गरे। जनादेशको सरकारलाई अपदस्त गर्न प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीश 'मतियार' रहेकोले सबैले राजीनामा दिनुपर्ने उनको तर्क थियो।

एमाले नेता पोखरेलले भने 'परमादेश दिने सबैको राजीनामा दिनुपर्छ।'

संसद्, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको उनको दाबी थियो। जनादेशको विकल्प नरहेको भन्दै नेता पोखरेलले जति सक्यो चाँडो निर्वाचन हुनु जरुरी रहेको बताएका थिए।

उनले  मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा सर्वोच्च अदालत र गठबन्धनबिच लेनदेनको काम सार्वजनिक  भएकाले अदालतका फैसलाहरू लेनदेन आधारित पुष्टि भएको पोखरेलले बताए। यसले विगतका फैसलाहरू संवैधानिक र लोकतान्त्रिक नभएको उनको भनाई छ।

अध्यादेश र परमादेशमार्फत एमालेलाई फुटाउने काम गरेका न्यायाधीश नै विभूषित भएकाले नैतिक जिम्मा बहन गर्न आवश्यक रहेको जिकिर गरेका थिए।

कात्तिक १८, २०७८ बिहीबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।