जीप दुर्घटनामा चालककाे मृत्यु

जीप दुर्घटनामा चालककाे मृत्यु

सुर्खेतः जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१३ मा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय राजु विक रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो। दाङबाट सुर्खेततर्फ जाँदै गरेको रा१च १३१० नम्बरको जीप आज बिहान सवा ५ बजे दुर्घटना भएको हो।

जीपमा चालक र परिचालक मात्रै रहेको प्रहरीले जनाएको छ। सामान्य घाइते भएका परिचालक उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।

कात्तिक १८, २०७८ बिहीबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।