ठगीमा फरार ज्ञानिमाया पक्राउ
काठमाडौँ : बैंकिङ्ग कसुर र ठगी मुद्दामा फरार ज्ञानीमाया तामाङ बौद्धमा पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीमाथि काभ्रेका शम्भु लामा सहितका आधा दर्जनलाई ठगी गरेको आरोप थियो। उनी उच्च अदालत पाटनमा चालिरहेको मुद्दामा समेत फरार प्रतिवादी भएको खुलेको छ।
उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा आधा दर्जन बढी ठगी र बैङ्किङ कसुरको उजुरी दर्ता रहेको प्रहरीले जानकारी दिएको छ।
कात्तिक १८, २०७८ बिहीबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।