अर्थमन्त्रीले भने, चीनसँगको किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छ
प्रेस सेन्टर सङ्खुवासभाले खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन्।
सङ्खुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने उल्लेख गरे। उनले अरुण नदीबाट उत्पादित बिद्युतले नेपालको अर्थतन्त्र मजबुत बनाउने विश्वास व्यक्त गरे।
अरुणबाट उत्पादित बिद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाई छ। उनले अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्ने मन्त्री शर्माले बताए।
व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले जनाएको उनको निजी सचिवालयले जनाएको छ।
अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाई थियो।
कात्तिक १७, २०७८ बुधबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।