रुपन्देहीमा ५२ लाख बराबरको सामान प्रहरी नियन्त्रणमा
दुई वटा पिक अप भ्यान, दुई जना चालक र करिब ५२ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
गाडी चालक सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र सोही ठाउँ बस्ने वर्ष ४० का मीनप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको थापाले बताए। यस्तै लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिक अप गाडी पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रवक्ता थापाका अनुसार दुई वटा पिक अप भ्यानबाट लिपगार्ड १५ बन्डल अर्थात् ६० हजार पिस, २३६ पिस उनी कुर्था सुरवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको छ।
यस्तै रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्रेको जनाएको छ। प्रहरीका अनुसार ११ ग्राम ब्राउन सुगर सहित तिलोत्तमा–४ शिवनगरका शङ्कर नेपाल, तिलोत्तमा–३ का केशव गिरी र बुटवल उपमहानगरपालिका–११ का दीपक नेपाली पक्राउ परेका हुन।
यस्तै ५ सय ग्राम ब्राउन सुगरसहित बुटवल बस्ने रबी लामा पनि पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
कात्तिक १७, २०७८ बुधबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।