काठमाडौँको नीति : सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण
काठमाडौँ महानगरपालिका वडा ३१ जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको दाबी गरेका हुन्।
‘‘हाम्रा कार्यक्रमहरूमध्ये सरकारका वा अन्य सार्वजनिक महत्त्वका जग्गा संरक्षण गर्ने काम हो,’उनले भने,‘व्यक्तिले प्रयोग गरुन्जेल स्वामित्व हुनेले पनि खुल्ला बनाउन प्रयास नगर्ने, जब हामी अतिक्रमित जग्गालाई खुल्ला बनाउँछौँ त्यसपछि स्वामित्व दाबी गर्नेहरू आउन थाल्छन्। यो अभ्यासलाई हामीले कसरी बुझ्ने?’
बागमती प्रदेश सभा सदस्य राजेन्द्र गुरुङले बाल उद्यानसँग खेलका केही पक्ष जोडेर लैजान सके सामाजिक गतिविधि बढ्ने धारणा राखे।
‘हामीले वडामा ३१ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिसकेका छौँ,संरक्षण गरिएका जग्गा सामाजिक उपयोगमा ल्याउँछौँ’ कार्यक्रममा वडाध्यक्ष नारायण भण्डारीले भने, ‘सार्वजनिक जग्गा संरक्षणसहित गएको साढे ४ वर्षमा हामीले गरेका कामको विवरण पुस्तक प्रकाशन गरेर घरघरमा पुर्याउने प्रयासमा छौँ।’
कात्तिक १७, २०७८ बुधबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।