एमालेको आरोप : संवैधानिक व्यवस्था कमजोर, संसद् सरकारको लाचार छाया 

एमालेको आरोप : संवैधानिक व्यवस्था कमजोर, संसद् सरकारको लाचार छाया 

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा एमालेले सङ्घीय संसद्लाई सरकारको लाचार छाया बनाइएको आरोप पनि लगाएको छ। 

प्रचार विभागले पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको प्रेस विज्ञप्तिमा संवैधानिक निकायहरूलाई कमजोर र अस्तव्यस्त बनाइएको आरोप पनि लगाइएको छ। 

विज्ञप्तिमा ‘संसद्मा रहेका विधेयकहरूलाई फिर्ता गरेर अध्यादेशमार्फत अलोकतान्त्रिक र स्वेच्छाचारी रूपमा शासन सञ्चालन गरिदैछ’ लेखिएको छ। 

एमाले विभाजनका लागि असंवैधानिक हर्कत गरिएको जिकिर एमालेले गरेको छ। राज्यका संवैधानिक निकायहरूलाई दुरुपयोगसमेत गरिएको विज्ञप्तिमा लेखिएको छ। लोकतान्त्रिक राजनीतिक स्थायित्वलाई पुरै धराशायी बनाएर मुलुकलाई पुरानै अस्थिरतातर्फ धकिलिएको एमालेको अर्को आरोप छ। 

एमालेले लोकतान्त्रिक राजनीतिक स्थायित्वको लागि ताजा जनादेशभन्दा अर्को विकल्प नरहेको उल्लेख गरेको छ।

कात्तिक १७, २०७८ बुधबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।