गगनको दाबी : 'एक्ला एक्लै लडे एमाले तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ’

गगनको दाबी : 'एक्ला एक्लै लडे एमाले तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ’

काँग्रेसको भक्तपुर सूर्य विनायक नगरपालिका-४ मा बुधवार आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पाँच वर्ष तीनै तहको सरकार चलाउने म्याण्डेड पाए पनि एमालेले राज्य अस्तव्यस्त बनाएको आरोप लगाएका थिए।

उनले आगामी निर्वाचनमा एमाले तीनै तहको सरकारमा बढारिने दाबी गर्दै यसका लागी काँग्रेसका कार्यकर्ताहरूले भने सङ्कल्प गर्नुपर्ने बताएका थिए।

एमालेले काँग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ढालिदिने धम्की दिनु हास्यास्पद भएको बताउँदै उनले भने 'एक्ला एक्लै लडे तेस्रो हुन्छ तर सिङ्गल-सिंगल आइज भन्छ।’

 सर्वोच्चको भद्रगोलको कारण ओली

उनले सर्वोच्च अदालतमा जे भइरहेको छ त्यो पूर्व प्रधानमन्त्री ओलीकै कारण भइरहेको दाबी समेत गरे। अदालतमा सेटिङ गर्ने ओलीको कार्यशैलीको परिणाम सर्वोच्च अदालतमा भद्रगोल भइरहेको उनको तर्क थियो।

उनले अहिले जसरी एमाले अगाडि बढिरहेको छ त्यसले अब एमाले पार्टी नभएर ओली कम्पनी लिमिटेड भएको आरोप समेत लगाए।

‘त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो। ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ,’ उनले भने।

कात्तिक १७, २०७८ बुधबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।