ट्रयाक्टरकाे ठक्करबाट ११ वर्षीय बालककाे मृत्यु
सिरहाः जिल्लाको गोलबजार नगरपालिका-८ मैनावती पुल नजिक आज बिहान ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका-४ का ११ वर्षीय निसान्त सदाको मृत्यु भएको हो।
आज बिहान ९ बजे स१त ४९५ नम्बरको ट्रयाक्टरले सडक छेउमा खेलिरहेका उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
ट्रयाक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।
कात्तिक १७, २०७८ बुधबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।