प्रधानन्यायाधीशद्वारा आज पनि आफूबाहेकका इजलास गठन
काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूबाहेकको इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज ९ वटा इजलास तोकेका हुन्।
सबै इजलासमा आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ। न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास तोकिएको छ।
त्यसैगरी न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलास, अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको छ।
कुमार चुडाल, प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको भने एकल इजलास तोकिएको छ।
कात्तिक १७, २०७८ बुधबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।