काैडा खेलिरहेका २९ जना नाै लाखसहित पक्राउ
तनहुँः जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीबाट प्रहरीले नाै लाख रुपैयाँसहित काैडा खेलिरहेका २९ जनालाई पक्राउ गरेकाे छ। स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेकाे अवस्थामा प्रहरीले गए राति उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरूका साथबाट नौ लाख ११ हजार रुपैयाँ बरामद गरिएकाे छ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, साेही नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, ४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार, ८ का भानुभक्त पराजुली, नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र ११ का कृता भट्टराई रहेका छन्।
कात्तिक १७, २०७८ बुधबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।