मिनी ट्रक दुर्घटनामा २ जनाकाे मृत्यु, ७ घाइते

मिनी ट्रक दुर्घटनामा २ जनाकाे मृत्यु, ७ घाइते

धादिङः जिल्लाको धुनिवेशी नगरपालिका-१ मा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। साे दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।

महानगरीय ट्राफिक कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा काठमाडाैंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो।

घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ। कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक हिजो साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

कात्तिक १७, २०७८ बुधबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।