आज काग र कुकुर तिहार
काठमाडाैंः आज तिहारकाे दाेश्राे दिन काग र कुकुर तिहार मनाइँदै छ। आज त्रयाेदशी र चतुर्दशी तिथि एकै दिन परेकाले काग र कुकुरकाे एकै दिन पूजा गरिने भएकाे हाे।
आज बिहान सवा सातपछि चतुर्दशी तिथि लाग्ने भएकाले आजै कुकुर तिहार पनि मनाउन लागिएकाे हाे। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लागेकाे छ।
आजकाे दिन मीठो परिकार पकाएर कागलाई खान दिने चलन छ भने कुकुरलाई पूजा गरी मीठो मसिनाे खान दिने चलन छ।
काग र कुकुरलाई यमदूतका रूपमा पनि पुज्ने चलन छ।
कात्तिक १७, २०७८ बुधबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।