प्रधानमन्त्री देउवा र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता 

प्रधानमन्त्री देउवा र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ। 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलनमा भाग लिन संयुक्त अधिराज्यको ग्लास्गो पुगेका प्रधानमन्त्री देउवा र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता भएको हो। 

अमेरिकी राष्ट्रपतिसँगको भेटपछि ट्विट गर्दै प्रधानमन्त्री देउवाले वाइडेनसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ। 

कात्तिक १६, २०७८ मंगलबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।