बुटवलको एक सलाई फ्याक्ट्रीमा आगलागी 

बुटवलको एक सलाई फ्याक्ट्रीमा आगलागी 

बुटवल : बुटवल उपमहानगरपालिका–१५ मा रहेको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ। मंगलबार राति ८ बजेको समयमा महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ। 

आगो निभाउन ४ वटा दमकल, स्थानीय र प्रहरी खटिएका छन्। आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका र गैडहवाका दमकल आगलागी स्थलमा पुगेका छन्। 

आगलागी नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाको थप दमकल सहित थप सुरक्षाकर्मी पठाउने तयारी भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

कात्तिक १६, २०७८ मंगलबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।