तीन देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आव्हान
संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको समितिका सचिव ध्रुबप्रसाद घिमिरेले जानकारी दिए।
समितिले भारतका लागि शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको घिमिरेले बताए।
उनका अनुसार सरकारी सञ्चारमाध्यम गोरखापत्र, टेलिभिजन र रेडियो नेपालबाट भोलि उजुरी आव्हानको सूचना प्रकाशन र प्रसारण हुनेछ। कार्तिक २६ गतेसम्म हुलाक, फ्याक्स, इमेल र समितिमा आफैँ उपस्थित भएर उजुरी दिन सकिने घिमिरेले जानकारी दिए।
कार्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि तीन राजदूत नियुक्तिको सिफारिस गरेको थियो।
कात्तिक १६, २०७८ मंगलबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।