गोरखापत्रबाट हटाइएका पत्रकारलाई पुनर्बहाली नगरे महासङ्घले आन्दोलन गर्ने
विभिन्न जिल्लामा करार सेवामा कार्यरत संवाददाता तथा स्ट्रिन्जर पत्रकारलाई हटाउने निर्णय श्रमजीवी पत्रकार ऐनविरुद्ध रहेको महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ।
महासङ्घले सरकारको यो कदमप्रति आपत्ति जनाउँदै हटाइएका सबै पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गरेको छ। अन्यथा श्रमजीवी पत्रकारको पक्षमा सङ्घर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासङ्घले चेतावनी दिएको छ।
महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा लामो समय काम गरिरहेका श्रमजीवी पत्रकारलाई एकाएक हटाएको यो घटनाले श्रमजीवी पत्रकारका सवालमा सरकारको अनुदार व्यवहार प्रस्ट्याएको लेखिएको छ।
सरकारको यो कदम श्रमजीवी पत्रकार ऐनविरुद्ध हुनुका साथै श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासङ्घले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ।
कात्तिक १६, २०७८ मंगलबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।