काठमाडौँ जिल्ला प्रशासनको निर्देशन : सभ्य रूपमा बेलुका नौ वजेसम्ममात्र देउसी-भैलो खेल्नु

काठमाडौँ जिल्ला प्रशासनको निर्देशन : सभ्य रूपमा बेलुका नौ वजेसम्ममात्र देउसी-भैलो खेल्नु

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उसले मङ्गलवार सूचना निकालेर ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न निर्देशन दिएको हो।

सूचनामा' सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर सार्वजनिक आवागमनलाई प्रभाव नपारी सभ्य भएर शान्तीपूर्वक बेलुका नौ बजेसम्म मात्र देउसी-भैलो खेल्न' भनिएको छ।

सूचनामा पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न निर्देशन दिएको छ।

पुजा-पाठ गर्दा भिडभाड नगर्न समेत सूचनामा भनिएको छ।

कात्तिक १६, २०७८ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।