प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता
देउवा प्रधानमन्त्री नियुक्त भएपछि दुवै प्रधानमन्त्रीबिच भएको यो पहिलो भेट हो। साइडलाइन वार्ताको क्रममा भएको भेटमा दुवै देशको हितको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
कोप-२६ मा सम्बोधन गर्दै देउवाले हरेक वातावरणसम्बन्धी छलफलमा हिमाली क्षेत्रकाे मुद्दालाई उच्च प्राथमिकता दिन विश्व समुदायमाझ आग्रह गरेका थिए।
उनले भनेका थिए 'म विश्वका नेताहरूलाई उच्च हिमाली क्षेत्रकाे विशेष वातावरणीय कमजाेरी पहिचान गर्न आग्रह गर्छु। यसका साथै हरेक वातावरणसम्बन्धी छलफलमा हिमाली क्षेत्रकाे मुद्दालाई उच्च प्राथमिकता दिन पनि आग्रह गर्दछु।'
यस्तै उनले हिमाली क्षेत्रका बासिन्दाका लागि विश्वव्यापी तापमान १.५ डिग्रीभन्दा कम राख्नु महत्त्वपूर्ण भएकाे बताउँदै याे मानव जातिकाे अस्तित्वकाे मुद्दा भएकाे पनि बताएका थिए। प्रधानमन्त्री देउवाले वातावरणीय संकटकाे सम्बन्धमा चेतना फैलाउन आफ्नाे सरकारले 'सगरमाथा संवाद' नामकाे कार्यक्रम सञ्चालन गर्ने पनि बताएका थिए।
कात्तिक १६, २०७८ मंगलबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।