प्रधानन्यायाधीशले आफूबाहेकका बन्दी प्रत्यक्षीकरण र बैंकिङ कसुरका ६ वटा इजलास ताेके 

प्रधानन्यायाधीशले आफूबाहेकका बन्दी प्रत्यक्षीकरण र बैंकिङ कसुरका ६ वटा इजलास ताेके 

काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मङ्गलबार बन्दी प्रत्यक्षीकरण र बैंकिङ कसुरसहित ६ ओटा मुद्दामा पेशी तोकेका छन्। अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्न तयार भएपछि जबराले सोमबार त्यहीअनुसार पेशी तोकेका थिए।

तर, मङ्गलबार भने ६ वटा इजलास तोकिएकोमा बैंकिङ कसुरका ४ वटा मुद्दा पनि पेशी चढेका छन्।

प्रधानन्यायाधीश जबरासँग इजलास 'शेयर' गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेका कारण जबराले आफूबाहेकको इजलास तोकेका छन्।

दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण, मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण र ४ वटा बैंकिङ कसुरको मुद्दा राखिएको छ।

त्यसबाहेक बमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा, तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणकै १ थान मुद्दा, प्रकाशकुमार ढुंगानाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा र सुष्मालता माथेमाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा राखिएको छ।

कात्तिक १६, २०७८ मंगलबार ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।