ट्रक दुर्घटनामा चालककाे मृत्यु, सहचालक घाइते

ट्रक दुर्घटनामा चालककाे मृत्यु, सहचालक घाइते

तेह्रथुमः जिल्लाको फेदाप गाउँपालिका-२ मा गए राति ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। यस्तै साेही दुर्घटनामा परिचालक घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रक चालक काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय रोहित अधिकारी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घाइते भएका ट्रकका परीचालक २२ घाइते सुदीप राईको सोही अस्पतालमा उपचार भइरहेको छ। औँसीडाँडाबाट म्याङलुङतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००६ख ७७० नम्बरको ट्रक गए राति साढे १ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियाे।

कात्तिक १६, २०७८ मंगलबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।