वातावरणसम्बन्धी छलफलमा हिमाली क्षेत्रकाे मुद्दालाई उच्च प्राथमिकता दिन देउवाकाे आग्रह

वातावरणसम्बन्धी छलफलमा हिमाली क्षेत्रकाे मुद्दालाई उच्च प्राथमिकता दिन देउवाकाे आग्रह

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वातावरणसम्बन्धी छलफलमा हिमाली क्षेत्रकाे मुद्दालाई उच्च प्राथमिकता दिन विश्व समुदायमाझ आग्रह गरेका छन्। स्कटल्याण्डकाे ग्लास्गाे शहरमा आयाेजित जलवायु परिवर्तनसम्बन्धी काेप-२६ सम्मेलनमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।  

उनले भने- 'म विश्वका नेताहरूलाई उच्च हिमाली क्षेत्रकाे विशेष वातावरणीय कमजाेरी पहिचान गर्न आग्रह गर्छु। यसका साथै हरेक वातावरणसम्बन्धी छलफलमा हिमाली क्षेत्रकाे मुद्दालाई उच्च प्राथमिकता दिन पनि आग्रह गर्दछु।'

यस्तै उनले हिमाली क्षेत्रका बासिन्दाका लागि विश्वव्यापी तापमान १.५ डिग्रीभन्दा कम राख्नु महत्त्वपूर्ण भएकाे बताउँदै याे मानव जातिकाे अस्तित्वकाे मुद्दा भएकाे पनि बताएका थिए। 

प्रधानमन्त्री देउवाले वातावरणीय संकटकाे सम्बन्धमा चेतना फैलाउन आफ्नाे सरकारले 'सगरमाथा संवाद' नामकाे कार्यक्रम सञ्चालन गर्ने पनि बताएका थिए।

कात्तिक १६, २०७८ मंगलबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।