सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा एककाे मृत्यु, एक घाइते
सर्लाहीः जिल्लामा गए राति भएकाे छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना घाइते भएका छन्। गए राति सर्लाहीको धनकौल गाउँपालिका-१ सेखौनामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामनगर गाउँपालिका-३ बहुअर्वा बस्ने ४० वर्षीय मुन्ना पाण्डे रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा भेन्स अस्पताल बरहथवामा मृत्यु भएको हो। प्रदेश २-०२-००१ब ५४४ नम्बरको मोटरसाइकल गए राति साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएकाे हाे।
यस्तै जिल्लाकै लालबन्दी नगरपालिका-३ मा पनि गए राति स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। सर्लाहीकै ब्रहमपुरी गाउँपालिका-२ बस्ने २२ वर्षीय अमित साह घाइते भएका हुन्। घाइतेको उपचार कलेज अफ मेडिकल साइन्स भरतपुरमा उपचार भइरहेको छ।
गए राति ९ बजे भारतीय नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएकाे हो।
कात्तिक १६, २०७८ मंगलबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।