तिहार सुरु, आज धनतेरस मनाइँदै
काठमाडाैंः नेपालीहरूले हर्षाेल्लासपूर्वक मनाउने चाड तिहार आजबाट सुरु भएकाे छ। आज कात्तिक कृष्ण त्रयाेदशीका दिन धनतेरस मनाइँदै छ।
आजकाे दिनलाई धन त्रयाेदशी पनि भनिन्छ। विशेषगरी नेपालकाे मिथिला क्षेत्रमा मनाइने धनतेरसका दिन घरमा धातुका नयाँ सामान भित्र्याउने गरिन्छ।
धनका देवता कुवेरकाे जन्मदिनकाे रूपमा पनि मनाइने यस दिन विशेषगरी धातुका भाँडाकुँडा किन्न शुभ मानिन्छ।
आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा आजै धनतेरस मनाउन लागिएकाे हाे।
कात्तिक १६, २०७८ मंगलबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।