बर्दियामा ९ जना जुवाडे पक्राउ, झन्डै २ लाख बरामद
बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले जुवा खालबाट ९ जना जुवाडेलाई पक्रेको जनाएको छ।
बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ गुलरियागाँउ स्थित रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले जुवा खालबाट १ लाख ९८ हजार ५०५ रुपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिएको तास बरामद गरेको छ।
पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका रमेश यादव, रतिराम चौधरी, श्यामु यादव, गुमान बहादुर मल्ल, तेज कुमार चौधरी रहेका छन्।
यस्तै मधुवन नगरपालिकाका सुरेश वली, टेकेन्द्र साउद, नारायण क्षेत्री र पदम बहादुर सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
कात्तिक १५, २०७८ सोमबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।