इजलासमा बसे न्यायाधीशहरू, बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ 

इजलासमा बसे न्यायाधीशहरू, बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ 

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा बसेका छन्। अघिल्लो हप्तादेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरू आज सोमबार इजलासमा बसेका हुन्।

न्यायाधीशहरुको बिहान बसेको बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेर इजलासमा बसेका हुन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू बाहेक दुई वटा एकल र चार वटा संयुक्त इजलास तोकेका थिए। इजलासमा ६ वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ भएको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र हरि प्रसाद फुयाँल, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिल कुमार सिन्हा र कुमार चुडाल, सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलास बसेको थियो। 

कुमार रेग्मी र बमकुमार श्रेष्ठको एकल इजलास बसेको थियो। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुले इजलासमा बसेर सुनुवाइ गरे।

कात्तिक १५, २०७८ सोमबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।