बाल यौन दुरुपयोगमा फरार सुमन पक्राउ

बाल यौन दुरुपयोगमा फरार सुमन पक्राउ

बाँके : बाल यौन दुरुपयोग मुद्दाका कैद सजाय तोकिए पनि फरार रहेका खजुरा गाउँपालिका-३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मा पक्राउ परेका छन्। उनी सोमबार पक्राउ परेका हुन्।

जिल्ला अदालत बाँकेको २०७६ मङ्सिर ३ मा फैसला गर्दै उनलाई बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय तोकेको थियो। सजाय तोकिएदेखि नै उनी फरार थिए।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ।

कात्तिक १५, २०७८ सोमबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।