संयुक्त तालिम अभ्यास गर्न २० अमेरिकी सेना नेपालमा

संयुक्त तालिम अभ्यास गर्न २० अमेरिकी सेना नेपालमा

काठमाडौँ संयुक्त तालिम अभ्यास गर्न २० जना अमेरिकी सेना अहिले नेपालमा छन्। नेपाली सेनासँग खोज तथा उद्धार कार्यमा सहभागी हुने फौज मध्येबाट करिब ५० जना तथा अमेरिकी सेनाका करिब २० जना सम्मिलित तालिम २०७८ मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ।

तालिमलाई एक्स टेक नेल-२२ नामकरण गरिएको छ।

काठमाण्डौंपोखरा र अन्नपूर्ण वेश क्याम्प इलाकामा सञ्चालन हुने तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ।

कात्तिक १५, २०७८ सोमबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।