एक लाख ८० हजार नगदसहित १८ जुवाडे पक्राउ
कैलालीः जिल्लाकाे बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट जुवा खेलिरहेका १८ जना पक्राउ परेका छन्।आइतबार राति उनीहरूलाई एक लाख ८० हजार नगदसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
उनका अनुसार सोही गाउँपालिकाका ३६ वर्षीय सुनिल चौधरी, वर्ष ३८ का टेकबहादुर रोकाया, वर्ष ३८ का चन्द्र सापकोटा, वर्ष ३३ का हेमबहादुर बम, वर्ष ४६ का विन्द्र थापा, वर्ष २९ का वरुण शमशेर राणा, वर्ष ३२ का आनन्द गौतम, वर्ष ४० का महेश डगौरा थारु, वर्ष ४३ का दीपक कुमार बुढा, वर्ष ३० का कमल बुचा मगर र वर्ष ३६ को ईन्द्र भण्डारी पक्राउ परेका छन्।
यस्तै पक्राउ पर्ने अन्यमा बर्दगोरीया गाउँपालिकाकै वर्ष ४२ का खुमेन्द्रबहादुर सापकोटा, वर्ष ४१ का अरुण शमशेर राणा, वर्ष ४३ को लक्ष्मण कुवर, वर्ष २९ का वीरेन्द्र भण्डारी, वर्ष ४२ का मेघराज सापकोटा, वर्ष ३४ का शिवराज सापकोटा र लम्कीचुहा नगरपालिका–१० का ३२ वर्षीय तपेन्द्र भण्डारी रहेकाे उनले बताए।
कात्तिक १५, २०७८ सोमबार ११:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।