प्रधानन्यायाधीश राणाले तोके आफूबाहेकका ६ इजलास, बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न न्यायाधीश दबाबमा
काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार आफूबाहेकका ६ वटा इजलास तोकेका छन्। आज तोकिएका ६ वटै इजलास बन्दी प्रत्यक्षीकरणका हुन्।
जसमध्ये न्यायाधीश वमकुमार श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको छुट्टाछुट्टै एकल इजलास तोकिएको छ।
त्यसैगरी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुडाल, सपना प्रधान मल्ल र मनोज कुमार शर्माको छुट्टाछुट्टै संयुक्त इजलास तोकिएको छ।
प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाउँदै न्यायाधीशहरुले ८ गतेबाट इजलास बहिष्कार गर्दै आएका थिए। तर बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न भने न्यायाधीशहरूमाथि दबाब परेको छ।
यसअघि आइतबार न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेको थियो।
हिजोको वार्तापछि प्रधानन्यायाधीश राणा सकारात्मक रहेका थिए।
कात्तिक १५, २०७८ सोमबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।