काैडा खेल्ने १५ जना नगद एक लाखसहित पक्राउ

काैडा खेल्ने १५ जना नगद एक लाखसहित पक्राउ

तनहुँः जिल्लाकाे आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरबाट प्रहरीले कौडा खेलिरहेका १५ जुवाडेलाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले नगद एक लाखसहित १५ जुवाडे पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाई, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेको प्रहरी कार्यालय आँबुखैरेनीले जनाएकाे छ।

उनीहरूका साथबाट एक लाख १३ हजार नगद र १६ थान कौडा बरामद गरिएको छ। पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ। 

कात्तिक १५, २०७८ सोमबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।