प्रधानमन्त्री देउवाले आज काेप-२६ मा सम्बाेधन गर्ने

प्रधानमन्त्री देउवाले आज काेप-२६ मा सम्बाेधन गर्ने

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज काेप-२६ सम्मेलनमा सम्बाेधन गर्ने भएका छन्। नोभेम्बर १ र २ मा स्कटल्याण्डकाे ग्लास्गोमा आयाेजना हुन गइरहेकाे जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा देउवाले आज सम्बाेधन गर्ने भएका हुन्।

उनी यसअघि शनिबार र आइतबार बेलायतकाे लण्डनमा थिए। आइतबार साँझ उनी कोप–२६ अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन स्कटल्याण्ड आएका हुन्।

प्रधानमन्त्री देउवाले स्कटल्याण्डमा विभिन्न राष्ट्र तथा सरकारका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ।

काेप-२६ सम्मेलन नाेभेम्बर १२ सम्म चल्ने छ। 

कात्तिक १५, २०७८ सोमबार ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।